airplane

फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडेको इजिप्ट एयरको जहाज  दुर्घटनामा परेको  इजिप्टका अधिकारीहरूले जनाएका छन्। 

इजिप्ट एयरको बुधबार राति फ्रान्सको चार्ली डी गाले विमानस्थलबाट उडेको जहाज सम्पर्कविहीन भएको थियो। स्थानीय समय अनुसार राति पौने तीन बजे जहाज कायरोको राडारसँग सम्पर्क विच्छेद भएको थियो। जहाजमा ५९ यात्रु र १० चालकदलका सदस्य रहेको बताइएको छ।
 
जहाज त्यहाँको समयअनुसार ११ बजेर ९ मिनेटमा कायरो उडेको थियो। एमएस ८०४ उडान नम्बर रहेको उक्त जहाज ३७ हजार फिटमामाथि उडिरहेको थियो। खराब मौसममा पुगेपछि जहाजको सम्पर्क टुटेको हुनसक्ने आशंका गरिएको छ। जहाज खोजीका लागि टोली खटिइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

- एजेन्सी