धरान / लोकप्रिय भारतीय पत्रिका ‘टेलिग्राफ’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी ‘वैशाख पूर्णिमा’ नेपालमै मनाउन चाहेको जनाएको छ । मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमारसँगै लुम्बिनी जान चाहेको भारतीय जनता पार्टी स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ ।
नेपाल सरकारले प्रधानमन्त्री मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई मे २१ मा आयोजना हुने बुद्ध जयन्तीमा सहभागी हुन निम्ता दिएको समाचारमा उल्लेख छ । प्रधानमन्त्री मोदीनिकटको स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएअनुसार प्रधानमन्त्री कार्यालयले नितिश कुमारलाई यसबारे पत्र लेख्नेछन् । प्रोटोकलको इस्यु हुँदाहुँदै पनि मोदीले यसमा आपूmलाई नरम रुपमा प्रस्तुत गर्ने तयारी गरेका छन् । मोदीले फोन वा पत्रमार्पmत् नितिश कुमारसँगै नेपाल जाने कुरा गर्ने छन् ।
बिहार मुख्यमन्त्रीको कार्यालयले भने पछिल्लो घटनाक्रमको विकासबारे जानकारी नभएको जनाएको छ । ‘हामीलाई कुनै सूचना छैन ।’ नितिशका सचिव चञ्चल कुमारले भनेका छन् । नाकाबन्दीपछि पछिल्लो समय नेपालसँगको आपसी सम्बन्ध चिसिएको छ । यही बुझेको भारतले सम्बन्ध सुधारका रुपमा यो भ्रमणलाई लिएको बुझिन्छ । भ्रमणलाई चिसो घटाउनेसँगै मोदीले यसलाई नितिश कुमारसँगको सम्बन्ध सुधारको प्रयासका रुपमा उपयोग गर्न खोजेको भारतीय मिडियाले लिएका छन् ।