धरान/  डडेल्धुरामा सदरमुकाममा भिषण आगलागी भइरहेको छ ।अमरगढी नगरपालिकाको दमकल बिग्रेका कारण विहान करिब ८ बजेर १० मिनेटमा मात्रै दीपायलबाट दमकल हिँडेको दीपायल सिल्गढी नगरपालिकाका लेखा अधिकृत रमेश जोशीले जानकारी दिए।

जोशीले डडेल्धुराdhadeldura-agolagiबाट खबर नै ढिला आएपछि दमकल पठाउन ढिला भएको बताए । बिहान ७ बजे बागबजारको गुड्डी पसलबाट सल्केको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।

एकपछि अर्को पसल जल्ने क्रम भइरहेको डडेल्धुराबाट स्थानीयवासी आकाश उपाध्यायले जानकारी दिएका छन् । अहिलेसम्म आगो नियन्त्रणमा नआउँदा ठूलो क्षति भइरहेको छ । बागबजारमा भएका पसललाई खाली गर्ने क्रम जारी रहेको र सिल्गढीबाट हिँडेको दमकल आधीबाटो सम्म मात्र पुगेको र सो नपुग्दासम्म आगो नियन्त्रणमा लिन नसकिने स्थानीयवासी आकास उपाध्यायले राससलाई जानकारी दिए ।

आगो निभाउने क्रममा नेपाली सेनाका तीनजना जवान पनि घाइते भई उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको छ भने आगो झन्झन् फैलिरहेको बताइएको छ ।

रासस