इटहरी/ कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्थाको आयोजना र विराटनगरस्थित नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा इटहरीमा निःशुल्क स्वास्थ्य परीक्षण भएको छ ।
कोशी अञ्चल अस्पताल विराटनगरका सञ्चालक समिति अध्यक्ष एकराज भट्टराईको प्रमुख आतिथ्यमा भएको शिविरमा चार सयभन्दा बढीले स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक गजेन्द्रप्रसाद घिमिरले जानकारी दिए । संस्थाका अध्यक्ष जीवन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन समारोहमा विश्व आदर्श कलेजका प्राचार्य लेखनाथ घिमिरे, नोवेल मेडिकल अस्पतालका अस्पताल प्रवन्धक नारायण दाहाल, बचत तथा ऋण सहकारी सङ्घ सुनसरीका अध्यक्ष रुद्र उप्रेती, टङ्कमणि बराल लगायतले कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए । नोवेल मेडिकल अस्पतालका विशेषज्ञ चिकित्सकहरुले शिविरमा सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।