राजविराज/ बहुविवाहको आरोपमा पाँच वर्षअघि कारावासको सजाय पाएका तर फरार एक व्यक्तिलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
सप्तकोशी नगरपालिका–२ सिद्धिपुरका पारस बस्नेतलाई फत्तेपुर प्रहरी चौकीले पक्राउ गरेको हो । आफनै घरमा बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको फत्तेपुर प्रहरी चौकीका इञ्चार्ज असई तुलसी कार्कीले जानकारी दिए । उनी विगत पाँच वर्ष अघिदेखि फरारको सूचीमा थिए ।
पक्राउ परेका बस्नेतलाई बिहीबारै जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिएका छन् । बस्नेतलाई २०६८ सालमा जिल्ला अदालत राजविराजले बहुविवाहको अभियोगमा ११ महिना १० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।