काठमाडौँ / नेपालको प्रजातन्त्र स्थापनार्थ सहिद रामप्रसाद राईले पु¥याएको योगदानको स्मरण गरिएको छ । सहिद रामप्रसाद राई स्मृति प्रतिष्ठानले बुधबार राजधानीमा कार्यक्रम गरि राणाकालीन अवस्थामा नेपालमा प्रजातन्त्र स्थापनार्थ उनले पु¥याएको योगदान अविष्मरणीय रहेको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्न सहभागी बक्ताहरु माग गरे ।
उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले सहिद रामप्रसाद राई लगायतका सहिदका कारण अहिले मुलुकमा लोकतन्त्र ल्याउन सम्भव भएको भram pd raiन्दै नेपालमा नयाँ संविधान ल्याउँदा अकारण अमानवीय नाकाबन्दीको सिकार हुनुपरे झैँ सहिद रामप्रसाद राईलाई पनि प्रजातन्त्र आएपछि बेपत्ता बनाइनु दुःखद भएको बताए ।
पूर्वमन्त्री गोपाल किराँतीले पूर्वाग्रहरहित भई सहिद रामप्रसाद राईको जीवनीलाई विश्वविद्यालयमा पठनपाठन गराउनुपर्ने माग गरे ।  प्रतिष्ठानका अध्यक्ष तारादेवी राईले सहिद रामप्रसाद राईलाई राज्यले बेवास्ता गरेको आरोप लगाउँदै उनको योगदानलाई राज्यले कदर गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रतिष्ठानका सचिव देवीप्रसाद घिमिरे र सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाँगेले कविता वाचन गरेका थिए । विसं १९६५ फागुन १८ गते भोजपुरको बासीखोरामा जन्मिएका सहिद राईले तत्कालीन राणा सरकारको ज्यादतीविरुद्ध युद्ध नै चलाएका थिए ।  पहिले सेनामा रहेका राईले राणा सरकारको विरोधसँगै सेनाको जागिर छाडेर तत्कालीन विरोधी पक्षका कमान्डरका रुपमा पूर्वी पहाडका भोजपुर, ओखलढुङ्गा आदि स्थान कब्जा गरेका थिए । २००७ सालमा प्रजातन्त्र आएपछि पनि त्यो आफूलाई मान्य नहुने भन्दै सिंहदरबारमा विरोध गर्न पुग्नुभएका राई २००८ साल माघ ८ गते सिंहदरबारबाटै बेपत्ता पारिएको थियो । रासस