धरान /धनकुटा जिल्लाको जितपुरबाट जन्ती लिएर इटहरीतर्फ आउँदै गरेको को १ ख २९३२ नम्बरको बस आज बिहान धनकुटा –३ को आत्मारामा दुर्घटना हुदा बस चालक धरान–१५ निवासी विजय लामिछानेको घटनास्थलमा नै मृत्यु भएको पूर्व क्षेत्रीय टूाफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
उनी च्यापिएको अवस्थामा मृत फेला परेको टूाफिक प्रहरीले बताएको छ । अहिले सडक अवरुद्ध छ । सो घटनाका दुई पुरुष र तीन महिला घाइतेको धनकुटा जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको टूाफिक प्रहरीका सई सुरेन्द्र खड्काले जानकारी दिए । अन्य जन्ती केही सामान्य घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।