धरान/शितलता लिन हामीले प्रयोग गर्ने बिभिन्न कम्पनीका पेय पदार्थहरुमा लेदो भेटिएको धेरै समाचारहरु सार्बजनिक भएका छन् । तर राज्यको प्रशासनीक निकायले त्यस्ता बिषयमा चासो नदिएपछि उत्पादक कम्पनीहरुले मनोमानी गर्ने गरेको तथ्य एउटा घटनाबाट पुष्टि SARPAभएको छ ।

सर्लाहीमा भेटिएको एउटा ड्युको बोतल भित्रको सर्प जस्तो देखिने बस्तु फेला परेको छ । बरुण वेभेरेज नेपाल प्रालीले उत्पादन गरेको चिसो पिय पदार्थ माउन्टेन ड्युको बोतल भित्र सर्प जस्तो देखिने बस्तु भेटिएको हो । हरिवनको इलाका प्रसाशन कार्यालय अगाडी रहेको एक होटलमा राष्ट्रिय फुटबल खेलाडि जुमानु राईका बुवा जितेन्द्र राईले ड्युको बोतल हातमा लिएर सिल्ड खोल्न खोज्दा बोतल भित्र केहि लामो बस्तु बाहिरैबाट देखेपछि यो घटना सार्वजनिक भएको हो ।

ड्युको बोतल भित्र सर्प जस्तो देखिने उक्त बस्तु भेटिएको मिडिया एनपीले सार्बजनिक गरेको छ । मिडिया एनपीले डियुका एरिया इन्चार्ज लिला दाहालसँग प्रतिक्रिया लिन खोज्दा ‘सबैलाई जवाफ दिइरहन नसक्ने’ भन्दै गैरजिम्मेवार जवाफ दिएको समाचारहरुमा जनाईएको छ  । केन्द्रीय कार्यालयमा सम्पर्क गरी बुझ्न भन्दै दाहाल पन्छिए पछि केन्द्रीय कार्यालयको फोन नम्बर ०१–४९९०९०९ मा सम्पर्क गर्दा कर्मचारीहरु यसबारे बोल्नै नजाहेको मिडिया एनपीले जनाएको छ ।