लहान / लहान नगरपालिका देखि १४ कि,मी दक्षिणमा पर्ने नहरा रिगौल गाबिसका एमालेका भूपु गाबिस उपाध्यक्ष रामपृत यादव र एमालेका समानुपातिक सभासद रामदुलारी गिरिका पिए अशोक मुखियाको घरमा अझै शौचालय छैन् ।
सो गाकिसले यहि १२ गते देखि राजनितिक दल,बुदिजिबि,महिला तथा सामाजसेबीहरुको ५० जनाको टोलीले खुल्ला दिसामुक्त घोषणा गर्नेका लागि घर दैलो अभियान चलाउने क्रममा उनीहरुको घरमा शौचालय नभएको खेलेको हो ।
त्यस गाबिसमा ३ जना स्वास्थ्यस्यम सेबिका, १ जना, उप स्वास्थ्य प्रमुख,उप स्वास्थ्य चौकी र स्थानिय बिद्यालयहरु पनि शौचालय बिहिन रहेको पाईएको छ । छिमेकी गाविसहरु खुल्ला दिसामुक्त भएकोले स्थानिय राजनीतिक दलहरु प्रतिवद्ध भई कार्यान्वयन गर्नमा जुटेको गाविसका प्राविधीक सहायक बिनोद यादवले बताए । उक्त वडामा ६ हजार २ सय १२ जनसंख्या रहेको छ । ९ सय ८७ घर धुरी रहेको छ । ३० प्रतिशत दलित,मुस्लिम र ७० प्रतिशत अन्य जात रहेको गाविसमा ६० प्रतिशतमात्र शौचालय बनेका छन् ।