बाबुराम सुवेदी–2
इटहरी÷ पर्यटकीय स्थलका रुपमा विकास हुँदै गएको इटहरीको तालतलैयामा जलपरी रिक्सा सञ्चालनमा आएको छ । जलपरी रिक्साको इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले उद्घाटन गरे ।
केसीएस टुर्स एण्ड ट्राभल्सले सञ्चालनमा ल्याएको रिक्साको उद्घाटन कार्यक्रममा कार्यकारी अधिकृत तिम्सिनासहित इटहरीका राजनीतिक दल, नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले जलपरी रिक्सामा घुमेर मनोरञ्जन लिएका थिए । कार्यकारी अधिकृत तिम्सिना, इलाका प्रहरी कार्यालयका डिएसपी ओमप्रसाद अधिकारी, नेपाली काङ्ग्रेसका इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल, नेकपा एमालेका इटहरी नगर अध्यक्ष रेवती घिमिरे, तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूसहित राजनीतिक दलका स्थानीय प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता थियो ।
केसीएस टुर्स एण्ड ट्राभल्सका पूर्वाञ्चल संयोजक सञ्जीवकुमार प्रितिमका अनुसार यस्तो रिक्सा पोखरामा पनि सञ्चालित छ । नेपालमै दोस्रोपटक तालतलैयामा जलपरी रिक्सा सञ्चालनमा ल्याएको उनले बताए । केही समयमै स्प्रिङ बल, मादल बल, पानीमा गुड्ने रेल पनि सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । तालतलैयाको तालको पूर्वाधारलाई थप बिस्तार र व्यवस्थित गर्नसके नेपालमै पर्यटन प्रवद्र्धनमा उल्लेख्य प्रगति हासिल गर्न सकिने पनि उनले बताए । अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाले थप उचाइ लिएको तालतलैयामा जलपरी रिक्सा सञ्चालनले पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने तालतलैया संरक्षण विकास समितिका सदस्य जनकबहादुर कार्कीले बताए ।
त्यसो त तालतलैया आपैंmमा प्राकृतिक सौन्दर्ययुक्त छ । सो क्षेत्रमा यसअघि निर्माण गरिएका मूर्तिहरुले यहाँको महत्व अझ बढाएको छ । सिजनमा तालतलैयामा वनभोज खान आउनेको ठूलो घुइँचो लाग्ने गर्दछ । अब तालतलैया पर्यटन प्रवर्धनमा जलपरी रिक्सा महत्वपूर्ण हुने तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले बताए । यसअघि अन्तर्राष्ट्रिय स्तरका कलाकारहरुको सहभागितामा मूर्ति तयार गरिएका छन् । विशेषगरी बिदाको दिन शनिबार विद्यालय, कलेजका विद्यार्थीहरु तथा अन्य मानिसको ठूलो घुइँचो हुने गरेको छ । एकपटक आएका मानिसले यहाँको वातावरण देखेपछि अरुलाई पनि जान प्रोत्साहन गर्ने गरेको पाइएको छ । पूर्वकै पर्यटकीय गन्तव्य बन्दै गएको तालतलैयामा बोटबिरुवा, चिडिया घर, वनभोज स्थलजस्ता मनोरम स्थल छन् । साथै सो क्षेत्रमा पिङ, चर्खे पिङ, बालबालिकाका लागि खेल स्थान निर्माण गर्नुका साथै जङ्गली जनावर समेत राखिएको छ । सो क्षेत्रमा निर्माण भएको चिडियाघरमा, मृग, बाह्रसिङ्गे, अष्ट्रिज, अजिङ्गर, चरीबाघ, विभिन्न प्रजातिका मुसा, स्याल, मयुर, बाँदर लगायतका चरा तथा जनावर राखिएको छ । सो क्षेत्रका  तालमा डुङ्गा शयर गर्ने पनि व्यवस्था मिलाइएको छ ।