तरहरा(ब्लाष्ट) अवैध कारोबार गरेको आरोपमा सुनसरीको रामधुनी भासि नगरपालिका–५ का ३५ वर्षीय खेमराज सुवेदी आप्mनै घरबाट ३७ लाख रुपैयाँसहित पक्राउ परेका छन् ।
अवैध कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले सुवेदीको घरमा छापा मार्ने क्रममा सो रकमसहित उनी पक्राउ परेका हुन् । भारतबाट आएका उनले घरमै करोडौँ रुपैयाँ राख्ने गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए । उनले भने, ‘हाम्रो सूचनाका आधारमा सम्पत्ति शुद्धीकरण कार्यालयसँग मिलेर घरमा खोजतलास गर्दा ३७ लाख फेला परेको हो ।’ उनले घरमा करोडौँ रुपैयाँ राखेको सूचना आएको एसपी पोखरेलले जनाए ।
सुवेदीले आपूm भारतको मेघालयमा बसिरहेको बताए पनि पैसा कसरी कमाएको भन्ने विषयमा उनले केही नबोलेको प्रहरीले जनाएको छ । ‘उनले सापटी लिएको हुँ मात्र भन्ने गरेका छन् ।’ एसपी पोखरेलले भने । सुवेदीलाई अनुसन्धान तथा कारावाहीका लागि रकमसहित आइतबार नै ललितपुरस्थित सम्पत्ति शुद्धीकरणको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।