काठमाडौं– देशका प्रधानमन्त्रि केपी शर्मा वलीका रमाईला पक्षका बिषयमा धेरै चर्चा हुने गरेका छन् । बिषेश गरि उनले प्रयोग गर्ने उखान टुक्का । उखान टुक्काले मात्र मान्छेलाई आर्कषित गर्ने प्रधानमन्त्रिले भने आईतबार पत्रकारहरुलार्य हेरेको हेरै बनाईदिए । गोरखाको बारपाक केन्द्रबिन्दु गएर शक्तिशाली भूकम्प गएको एक वर्ष पुगेको दिन आइतबार सरकारले भूकम्पमा मृत्यु हुनेहरुको सम्झनामा भत्किएको धरहरा परिसरमा कार्यक्रम राखेको थियो।
८ बजे निर्धा्रित कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्री, सुरक्षा अंगका प्रमुखहरु, विशिष्ट सरकारी अधिकारी र कुटनीतिक नियोगका प्रमुखहरु आइसकेका थिए। प्रधानमन्त्री आउँदा १५ मिनेटजति ढिला भयो।
उनी आउने वित्तिकै कार्यक्रम सुरु भयो। कार्यक्रम उद्घोषकले मौनधारण र दिवंगतको सम्झनामा भत्किएको धरहरामा पुष्पगुच्छा अर्पणको मात्र कार्यक्रम रहेको जानकारी दिएकी थिइन्। अर्थात त्यहाँ कसैले संबोधन गर्ने कार्यक्रम थिएन। तैपनि भूकम्पको एक वर्ष पुगेको दिन प्रधानमन्त्रीले संबोधन गर्न सक्ने धेरैको आँकलन थियो।
भूकम्पमा परी दिवंगत भएकाहरुको सम्झनामा धरहरा परिसरमा सबैले उठेर एक मिनेट मौनधारण गरे। मौनधारण सकिएपछि उद्घोषकले सबैजना पुष्पगुच्छा चढाउन भत्किएको धरहरामा जान आग्रह गरिन्। अर्थात औपचारिक कार्यक्रम त्यतिमात्र थियो। पुष्पगुच्छा चढाएर केही मन्त्रीहरु कार्यक्रमस्थलबाट बाहिरिए। पशुपंक्षी विकास मन्त्री शान्ता मानवी, शान्ति मन्त्री एकनाथ ढकाल लगायतका केही मन्त्री कार्यक्रम स्थलमा नै फर्किए। उनीहरुलाई सहयोगीले कार्यक्रम सकिइसक्यो भनेपछि अलमल पर्दै बाहिर निस्किए।
पत्रकारहरु प्रधानमन्त्री केपी ओलीलाई कुर्दै थिए। पुष्पगुच्छा चढाएर फर्किदा केही बोल्छन् कि भन्ने आशा कायमै थियो। फोटो पत्रकारहरु क्यामेरा तयारी अवस्थामा राख्दै थिए। तर प्रधानमन्त्री ओली पुष्पगुच्छा चढाएर सिधै बाहिरिए। प्रधानमन्त्रिको सम्बोधन पर्खेर बसेका पत्रकारहरु हेरेको हेरै भए ।