-
Home
-
पूर्व
-
सेनाका जमदारसहित १२ जुवाडे सार्वजनिक
सेनाका जमदारसहित १२ जुवाडे सार्वजनिक
- वैशाख ११, २०७३
- ब्लाष्ट खबर
धरान(ब्लाष्ट) जुवाको खालबाट पक्राउ परेका नेपाली सेनाका जमदारसहित १२ जनालाई धरान प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
धरान–७ का दीपक पाख्रिनको घरबाट जमदार धरान–८ का राजकुमार राई, आविष्कार लिम्बूसहित १२ जना बिहीबार साँझ जुवाको खालबाट पक्राउ परेका थिए । खालबाट पक्राउ पर्नेमा मजदुर नेतादेखि मझौला व्यापारीसम्म छन् । घरधनी पाख्रिन फरार छन् । उनको खोजी भइरहेको धरानका डीएसपी ढकेन्द्र खतिवडाले बताए ।
सेनाका जमदार रिपुमर्दन गण सर्लाहीमा कार्यरत् छन् । जुवाको खालबाट धरान–२३ का शिव कट्वाल, धरान–१५ का टेकबहादुर लिम्बू, सोही वडाका विनयकुमार बस्नेत, कुमारबहादुर मोक्तान, शुकबहादुर पन्धाक लिम्बू, शमशेर बर्देवा र ज्ञानबहादुर बस्नेत पक्राउ परेका हुन् । बस्नेत कृषि बजारमा मौसमअनुसारको व्यापार गर्छन् ।
यस्तै जमदार राई, खोटाङको सभापोखरी–२ का रूपसङ लिम्बू, ताप्लेजुङको थाकुम्बा–७ का करणबहादुर लिम्बू र खोटाङको सुङदेल–८ का किरणकुमार राई पक्राउ परेका हुन् । उनीहरुले प्रयोग गरेका तीनवटा राउण्ड टेबल, १६ थान कुर्सी, दुई थान मुडा, केही थान बेडसिटसमेत बरामद गरिएको थियो । बर्देवा यसअघि पनि तास खेलाएको अभियोगमा पक्राउ परेर छुटेका व्यक्ति हुन् । उनी एमालेनिकट जिफन्टका जिल्ला सचिव पनि हुन् । आविष्कार मानव अपहरण, लागूऔषध र प्रहरीमाथि हातपात गरेको अभियोगमा यसअघि पनि पटक–पटक पक्राउ परेका
व्यक्ति हुन् । उनी पनि एमालेनिकट युवा सङ्घ नेपालका जिल्ला सदस्य हुन् ।
खतिवडाका अनुसार गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । ‘फरार घरधनीको हकमा ऐन हेरेर उनको घरसमेत शिलबन्दी गर्ने÷नगर्ने निक्र्योल गरिने छ ।’ डीएसपी खतिवडाले भने ।
उनीहरुका साथबाट १ लाख ४० हजार १ सय २१ रुपैयाँ बरामद भएको थियो । यस्तै खेलमा प्रयोग भएका तास पनि बरामद भएको डीएसपी खतिवडाले बताए । उनीहरुविरुद्ध शुक्रबार नै जुवा ऐन २०२० अन्तर्गत कारवाही अघि बढाइएको डीएसपी खतिवडाले बताए ।