Trending Tags

समाज

    Showing १४१-१५० of १२,००२ items.
  • झापाका नदीनाला बेहुलीझैँ सिङ्गारिए

    झापाका नदीनाला नयाँ बेहुलीझैँ सिङ्गारिएका छन् । आज साँझका अस्ताउँदो सूर्यलाई र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने तराईवासीको मुख्य चाड छठ पर्वका लागि नदीनाला सिङ्गारिएका हुन् । जिल्लाका ठूला नदी मेची, कनकाइ माई, विरिङ्ग, रतुवा, निन्दा, मावोलगायतमा पूजाका लागि १० हजार बढी पूजास्थल ९घाट० निर्माण गरिएको छ ।  हरेक नदीनालामा घाट व्यवस्थापन, बिजुली बत्ती जडान, पण्डाल निर्माण र सरसफाइलगायतका काम पूरा भएका छन् ।नेपाल–भारतको सीमानाकासँग जोडिएको भद्रपुर–५ स्थित मेची नदी किनारमा प्रदेश नं १ कै सबैभन्दा ठूलो छठ पर्व हुने गरेको छ । जसलाई व्यवस्थित, भव्य र सभ्यरूपमा सम्पन्न गर्नका ला

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • १२७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बझाङको लेखगाउँ केन्द्रविन्दु भएर भूकम्प

    बझाङ जिल्लाको लेखगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ९ः२६ बजे उक्त स्थानलाई केन्द्रविन्दु भएर चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो ।उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • ९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश १ मा तिहारभरि ९९ दुर्घटना

    विराटनगर । प्रदेश १ मा तिहारमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ ।१४ जिल्ला रहेको प्रदेशमा ९९ वटा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी श्याम सारुमगरले जानकारी दिए । १७ जना गम्भीर घाइते र १ सय ६३ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।कात्तिक ६ देखि ११ गतेसम्म पाँच दिनमा सबैभन्दा बढी भाइटीकाको दिन सवारी दुर्घटना भएको छ । भाइटीकाको दिन २३ वटा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । तिहार सुरु भएको पहिलो दिन काग तिहार कात्तिक ६ गते १८ वटा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २१

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • ८९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विराटनगरमा बन्यो ‘सेल्फी पुल’

    मोरङ । विराटनगर महानगरपालिका–६ मा नगरबासीको सहभागिता र लगानीमा सेल्फी पुल निर्माण भएको छ ।पुल बनेसँगै वडाको बिएफएम टोल र झरना चौक जोडिएका छन् । त्यहाँ अवस्थित नहरमा पुल नभएका कारण मानिसहरूलाई आउजाउमा निकै समस्या हुने गरेको थियो । निर्माण सम्पन्न भएसँगै साँझबिहान आउजाउ गर्न सजिलो भएको स्थानीयले बताएका छन् ।स्थानीयका अनुसार पहिले प्रदेश नम्बर १ सरकारले बजेट विनियोजन गरेपनि पुल निर्माण हुन सकेको थिएन । हाल आफै लगानी गरी स्थानीयबासीले फलामको ट्रस हालेर पुल निर्माण गरेका हुन् । गत आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारबाट कुल १० लाख ६९ हजार एक सय ९१ रूपैयाँ लागत अनुमानसहित बजेट विनियोजन भएको थियो । ग

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • १४७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विश्व बन्धुत्व र प्रेमको प्रतीक छठपर्व

    वराहक्षेत्र । दशैं, तिहार सकिए लगत्तै नेपालीहरूको साझा एकता तथा लोकआस्थाको प्रतिक प्रसिद्ध छठ महापर्व सुरु भएको छ । दीपावलीको देउसी–भैलोको रमाइलो सकिन नपाउ“दै घर–घरमा छठीमाताको गीत गुञ्जन थालेसँगै शुक्रबारबाट छठ पर्वको सुरुवात भएको छ ।यसै क्रममा शुक्रबारबाट सुरु भएको पर्वको लागि वराहक्षेत्रको चतरामा पनि प्रसिद्ध छठ पूजाको तयारी पूरा गरिएको छ । ४ दिनसम्म मनाइने पर्वको लागि विभिन्न समितिहरू गठन गरी नदी किनारको छठघाटलाई सजिसजाउ गरिएको छ । प्राचीन हरिद्वार चतराधामको सप्तकोशी किनारस्थित छठघाटमा महापर्वको लागि घाट सरसफाइ, रङरोगन, बत्ती जडान, यसैगरी प्रसाद वितरणस्थल साजसज्जा गरिएको सूर्यनारायण मन्दिर

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • ९५ पटक पढिएको
    • सन्तोष गुप्ता
  • महानगरप्रमुख कोइरालाको नेतृत्वमा छठ पूजास्थलको अनुगमन

    विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले छठ पर्वको तयारीबारे जानकारी लिन घाट निर्माण हुने नहर र खोलाको अनुगमन गरेका छन् । प्रमुख कोइरालाको नेतृत्वमा आज बिहान उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले महानगरले गरेको सरसफाइ, घाटको तयारीलगायतको अनुगमन गरेको हो ।टोलीले विराटनगरको रानी नहर, शुक्रबारे नहर, पिचरा नहर, केसलिया नहरसहित सिङ्घिया खोलाको अनुगमन गरेको थियो । सो क्रममा रानी नहरमा बगाएर ल्याएको फोहर तत्काल हटाउन प्रमुख कोइरालाले विभागीय कर्मचारीलाई निर्देशन दिएका थिए। अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सर

    • प्रकाशित मितिः कार्तिक १२, २०७९
    • ६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हात्ती धपाउन साइरनसहितका ट्र्याक्टर परिचालन

    हात्तीबाट पाकेको धानबाली जोगाउन बाहुनडाँगीमा सात वटा साइरन जडित ट्र्याक्टर परिचालन गरिएको छ ।भारतबाट दैनिक ५०–६० को सङ्ख्यामा नेपाल प्रवेश गर्ने हात्तीलाई धपाउन सीमानाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि साइरनसहितको ट्र्याक्टर परिचालन गरिएको हो । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका सीमा क्षेत्रको आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल र माता चोकमा एक–एक वटाका दरले ट्र्याक्टर राखिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए । विगत सात वर्षअघि प्रकृति संरक्षण कोषमार्फत गरिएको विद्युतीय तारबार भत्काएर हात्ती गाउँ पस्न थालेपछि गाउँवासी र अन्नबालीको सुर

    • प्रकाशित मितिः कार्तिक १२, २०७९
    • १२९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • देवकोटाको शालिक पुनः निर्माण

    भद्रपुर । भद्रपुर नगरपालिकाको सहयोगमा आकर्षक फूलबारीसहित २४ लाख ७३ हजार ७४६ रुपैयाँको लगानीमा देवकोटाको शालिक पुनः निर्माण गरिएको छ । भद्रपुर–९ स्थित मुना सामुदायिक भवनसँगै जोडिएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा तथा पार्क पुनः निर्माण गरिएको हो ।२०७८ भदौ १४ गते अज्ञात समूहले सो शालिक तोडफोड गरी शालिकमा क्षति पुर्याएपछि राजमार्गको मापदण्ड अनुसार सडकको बीचबाट संरचना हटाउँदै चन्द्रगढी वन समितिले भद्रपुर नगरपालिकाको सहयोगमा आकर्षक फूलबारीसहित पार्क निर्माण गरेको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको लगानीमा निर्माण गरिएको सो पार्कको महाकवि देवकोटाको ११४औं जन्मजयन्तीको अवसर पारेर उदघाट

    • प्रकाशित मितिः कार्तिक १२, २०७९
    • ८८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मतदाता ठूला दलका, उम्मेदवार साना दलका

    चितवन क्षेत्र नं ३ मा विसं २०७४ को सङ्घीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा ९एमाले० का उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्मेदवार छैनन् । मतदाता भने सबैभन्दा बढी कांग्रेस र दोस्रोमा एमालेका छन् । यसअघिको निर्वाचनमा वाम गठबन्धन हुँदा नेकपा एमालेले तेस्रो पार्टीका रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सो क्षेत्र छाडेको थियो । प्रचण्डसँग चुनावी प्रतिस्पर्धाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई कांग्रेसले सघाएको थियो । निर्वाचनमा दाहालले ४८ हजार दुई सय ७६ मत ल्याएर विजयी हुँदा राप्रपाका पाण्डेले ३८ हजार नौ सय ३५ मत प्राप्त गरेका थिए।&

    • प्रकाशित मितिः कार्तिक १२, २०७९
    • ६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने  प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आइतबार देशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमासामान्यतया मौसम सफा रहने छ भने  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्

    • प्रकाशित मितिः कार्तिक १२, २०७९
    • ७२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved