अपराध

    Showing १७१-१८० of २,८६८ items.
  • कटुवा पेस्तोलसहित पक्राउ

    ब्लाष्टखबर । कटुवा पेस्ताेलसहित राैतहट जिल्लाकाे राजदेवी नगरपालिका-८ लक्ष्मीपुर गाउँबाट भारतीय नागरिक पक्राउ परेका छन् ।    तिघ्रामा एक थान कटुवा पेस्ताेल लुकाएर ल्याउदै गरेकाे अवस्थामा भारत सितामडी जिल्ला बरौनिया थाना मुसहर चोक बस्ने २१ वर्षीय नितेस कुमार पटेललाई शनिबार साँझ प्रहरी चौकी बेलबिछुवा र सशस्त्र प्रहरी बल नेपाल बिओपी बेलबिछुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेकाे प्रहरी चौकी बेलबिछुवाले जनाएकाे छ ।    पक्राउ परेका पटेलमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएकाे छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७७
    • ४९९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • डेढ लाख भन्दा बढी मुल्यकाे कर छलि गरी भण्डारण गरिएका कपडा सहित १ जना पक्राउ

    ब्लाष्टखबर । विराटनगर महानगरपालिका ६ स्थित सरोचनबाट शनिबार प्रहरीले अबैध रुपमा कर छलीगरी भण्डारण गरेको अवस्थामा विभिन्न प्रकारका कपडासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि ठाउँका २४ वर्षय अशिफ खान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रहरीले उनको घरबाट लेडिज सुइटर २४० थान, लेडिज सुरुवाल ८४ थान, लेडिज कुर्ती १५ थान गरी अन्दाजी १ लाख ६२ हजार मुल्य बराबरको कर छली गरी भण्डारण गरेको अवस्थामा बराद गरेको होे । बरामद कपडासहित पक्राउ परेका खानलाई आवश्यक कारवाहीकालागी मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७७
    • १९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धानको कुन्युमा आगो लगाउने पक्राउ

    ब्लाष्टखबर । रंगेली नगरपालिका ४ आमतोलाका माइनो सतारको धाको कुन्युमा आगो लगाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि ठाउँका २५ वर्षीय अनिल मण्डल रहेका छन् । मण्डलले ०७५ साल फगुन १ गते खेतमा धान काटेर राखेको धानको कुन्युमा आगजनी गरेका थिए । उनलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले शुक्रबार सुनवर्षी नगरपालिका ६ गोविन्दपुरबाट पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पक्राउ परेका उनिमाथी थप अनुसन्धान भइरहको छ ।

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • ३१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ४३ वर्षीया महिला कामदार बस्ने काेठामा मृत फेला, ७ जना प्रहरी नियन्त्रणमा

    बलाष्टखबर । चाँगुनारायणमा  ४३ वर्षीया महिला मृत फेला परेपछि घटनाकाे अाशंकामा प्रहरीले ७ जनालाइ पक्राउ गरेकाे छ ।  चाँगुनारायण नगरपालिका–४ फूलबारीस्थित मिनबहादुर खत्रीकाे घरमा डेरा गरी बसेकी काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–३ की ४३ वर्षीया अन्तरीमाया थिङ बिहिबार मृत फेला परेकी थिइन् ।  श्रीमान र सात वर्षकी छोरीसँग काेठा भाडामा बस्दै अाएकी उनकाे शव उत्तानाे अवस्थामा साेहि घरमा डेरा गरी बस्ने कामदारहरूकाे काेठामा  फेला परेकाे महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताएका छन् ।  उनले उक्त काेठाभाडामा बस्ने सातै ज

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • ४३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बलात्कारको घटना मिलापत्र गराउने ६ पक्राउ

    विराटनगर । बलत्कार जस्तो जघयन्य अपराधको घटना गाउँमै मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले ६ जनालाई पक्राउ गरेको हो । मिलापत्र गराएको आरोपमा पक्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिका ५ का ६५ वर्षिय धनेशु खवास, सोही ठाउँका ५३ वर्षिय सुधार सिंह खवास, ६२ वर्षिय मागन खवास, ६२ वर्षिय कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षिय जगत नारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षिय मथालु खवास छन् । गत भदौ २४ गते सुनवर्षीकी २१ वर्षिय किशोरीलाई धनपालथान गाउँपालिका ५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका ८ का ३२ वर्षिय सुरेश कुमार खवासले जवरजस

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • २५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापामा ७० वर्षीया बृद्धाकाे बलात्कारपछि हत्या, हत्या गरेर प्रहरीलाई दिए सूचना

    ब्लाष्टखबर । झापाकाे मेचीनगर नगरपालिकामा अन्दाजी ७० वर्षीया बृद्धा मृत अवस्थामा फेला परेकी छन् । झापाकाे मेचीनगर नगरपालिका-१३ चारआलीकाे पाउँ पाथीभरा मन्दिर अगाडि रहेकाे कल्भर्ट मुनी बिहान करिब ८:३० बजे मृत अवस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय  झापाका डिएसपी राकेश थापाले बताएका छन् । डिएसपी थापाका अनुसार बृद्धाकाे हत्या आशंकामा भद्रपुर नगरपालिका-४ का ३५ वर्षीय विशाल बिर्जालाई नियन्त्रणमा लिएकाे छ । थापाले भने, 'शव फेला परेकाे भन्ने खबर आएपछि प्रहरी टाेली त्यहाँ पुगेकाे थियाे । घटनास्थलमा पुगेपछि प्रहरीलाई खबर दिने बिर्जालाई साेधपुछ गर्दा उनीमाथि शंका उत्पन्न भइ प्रहरीले नियन्

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • २,८२७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विराटनगरको ‘वाइट हाउस’ गोदाममा प्रहरीको छापा, एक गाडी कपडा बरामद

    विराटनगर । विराटनगर – ९ जलजलामोडस्थित ‘वाइट हाउस’ को गोदाममा प्रहरीले छापा हानेर ठूलो परिमाणमा कपडा बरामद गरेको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो कपडाको व्यापार गर्ने ‘वाइट हाउस’को गोदाममा छापा हानेर झण्डै एक गाडी कपडा बरामद गरेको हो । प्रहरीले बरामद गरेको कपडा ७६ पोका भन्दा बढी रहेको बुझिएको छ । एक पोका एकपडामा एक सय पिस भन्दा माथि कपडा हुने स्रोतको दाबी छ । भारतबाट तस्करी गरिएको कपडा वाइट हाउसका संचालक बरुण साहले खरिद गरेको स्रोतको दाबी छ । ‘तस्करीका लागेका गिरोहले अवैध रूपमा कपडाहरू चोरबाटो हँुदै वाइट हाउसमा पु¥याउने गरेको प्रहर

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • ३२२ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • प्रअको हत्यापछि गाउँ त्रसित

    रमितेखोला, मोरङ/प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको ‘विप्लव’ कार्यकर्ताले घरबाट अपहरण गरेर मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको बर्बरतापूर्वक हत्या गरेपछि गाउँले त्रसित बनेका छन् । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय श्रेष्ठको घरदेखि करिब १ किलोमिटर टाढा बर्खेको जङ्गलमा लगेर निर्ममतापूर्वक दुवै हात बाँधेर धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेपछि मिक्लाजुङको उत्तरी क्षेत्रका गाउँले त्रसित बनेका हुन् । हत्याका कारण अहिले गाउँले त्रसित भएको मिक्लाजुङ–१ आइतबारेका वीरेन्द्र लिम्बूले बताए । ‘केहीवर

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • २६७ पटक पढिएको
    • अनिल श्रेष्ठ/सन्तोष गौतम
  • सशस्त्रका असइद्धारा बालिकामाथि करणी गरेको आरोप

    भद्रपुर । सशस्त्र प्रहरीका एक असईले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेपछि गणमा तानिएको छ  । सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) अन्तर्गत गौरीगन्ज गाउँपालिका–२, कोरोबारीस्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका असइ सूर्य कटुवाललाई मङ्गलबार गणमा तानिएको हो । आइतबार राति साढे ९ बजेतिर बालिकालाई घरभित्रै प्रवेश गरी कटुवालले जबर्जस्ती करणीको प्रयास गरेको पीडित परिवारले जनाएको छ । जबर्जस्ती गर्न खोजेपछि बालिका चिच्याएको सुनेपछि सँगैको अर्को घरभित्र काम गरिरहेकी बालिकाकी आमाले कटुवाललाई नियन्त्रणमा लिएपनि कटुवाल घटनास्थलबाट भागेका थिए 

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • ४३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • १२ फर्म कारबाहीमा

    विराटनगर/ चालु आर्थिक वर्षको चार महिनामा एक दर्जन फर्म कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म गरेको अनुगमनको क्रममा १२ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको हो । अस्वभाविक मूल्य राखेर कालोबजारी गर्ने, व्यवसायी दर्ता नगर्ने, खरिद बिल नदेखाउने १२ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकको आवधिक प्रगति विवरण मङ्गलबार सार्वजनिक गर्दै झापा, मोरङ, सुनसरी र धनकुटाका व्यावसायिक फर्म कारबाहीमा परेको जानकारी दिए

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • ११३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved