काठमाडौँ । राहदानी विभागले भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।
विभागले शुक्रबार सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो । विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ । सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुने सम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ ।