विजयपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ ।


अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।


निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १८ गते लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ ।


यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि प्रतिलिटर १३१ अमेरिकी डलर बढाइएको छ ।

641147199_3113965032136533_7337282290240875135_n