विजयपुर । धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानी महसुलको पुरानो बक्यौतामा लाग्ने सबै जरिवाना एक महिनाका लागि छुट दिएको छ ।

धरानका कार्यवाहक प्रमुख तथा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष अइन्द्र विक्रम बेघाले सामाजिक सञ्जाल फेसबुकमा यसबारे जानकारी दिएका हुन् । उनका अनुसार वैशाख १ गतेदेखि एक महिनासम्म लागू हुने गरी पुरानो बक्यौतामा लाग्ने सम्पूर्ण जरिवाना छुट गरिएको हो । अध्यक्ष बेघाले लेखेका छन्, “वैशाख १ गतेदेखि एक महिनासम्मका लागि खानेपानी महसुलको पुरानो बक्यौतामा लाग्ने सबै जरिवाना छुट गरिएको छ । बाँकी महसुल समयमै तिर्नुहुन सबैमा अनुरोध छ ।” उपमहानगरपालिकाले समयमै महसुल तिर्न नसकेका उपभोक्तालाई राहत दिन तथा बक्यौता संकलन बढाउने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ । यस अवधिमा पुरानो बक्यौता तिर्ने सेवाग्राहीले जरिवाना तिर्नु पर्ने छैन । उपमहानगरपालिकाले सबै उपभोक्तालाई तोकिएको समयभित्रै बाँकी महसुल तिर्नसमेत आग्रह गरे  । 

670795435_1397180148841210_5683454995556476123_n