भद्रपुर । एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उद्योगी प्रदिप मित्तल पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धुलाबारीले सोमबार बिहान उनलाई नियन्त्रणमा लिएको जनाएको छ । यही चैत ३ गते दिउँसो १ः१५ बजे मेचीनगर–१४ पाथीभरा टोलकी ३२ वर्षीया एक महिलालाई बिर्तामोड–२ बस्ने ६२ वर्षीय मित्तलले जबरजस्ती करणीको प्रयास गरेको आरोप छ ।
जबरजस्ती करणी उद्योग कसूरमा जाहेरी दर्ता भएपछि मित्तललाई प्रहरीले खोजी गरिरहेको थियो ।
खोजतलासका क्रममा मित्तल आफै इप्रका धुलाबारीमा उपस्थित भएकाले उनलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
































