विजयपुर । सुनसरीको धरानमा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
आइतबार धरान–९ देवकोटा पथमा को.३४ प १११४ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत, बिहार प्रदेश सुपौल जिल्ला अञ्चलपुर–९ डुमरी बस्ने २३ वर्षीय आदित्य सागरको साथबाट २ दशमलव ९४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । सागरकै सूचनाका आधारमा धरान–१८ बुद्धचोकस्थित कान्तिपुर गेस्ट हाउसबाट २६ वर्षीय राज कुमार यादवलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यादवको कोठाबाट उनको साथबाट १० दशमलव २३ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । उनी भारत बिहार प्रदेश सुपौल जिल्ला धरहरा–८ गणपतगंजका हुन् । दुवै जनालाई लागूऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।































