जयपुर । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको थुनामुक्तिको माग गरी दायर गरिएको रिटको सुनुवाइ भोलि हुने भएको छ ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । आइतबार दायर रिटको सुनुवाइ सोमबार हुने भएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई चैत १४ गते पक्राउ गरिएको थियो । ओली त्रिवि शिक्षण अस्पतालमा राखिएका छन् ।































