विजयपुर । धरानमा लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार धरान–१५ स्थित निराजन बस्तीबाट प्रहरीले २९ वर्षीय अनिल लिम्बूलाई पक्राउ गरेको हो । प्रहरीले उनको घरमा खानतलासी गर्ने क्रममा ट्रामाडोल ४ हजार १४६ क्याप्सुल, स्पास्पेन ४ हजार ट्याब्लेट र डिकोलिक २२८ ट्याब्लेट गरी जम्मा ८ हजार ३७४ वटा लागू औषध बरामद गरेको प्रहरीले जनाएको छ । लागू औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरेको जनाइएको छ । बरामद लागू औषधसहित लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।