पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ स्थित मेवा खोलाको दोभानमा गए राति निर्माणाधीन पुल भाँचिएको छ। बाढीले पुलको टेका र फर्मा राखिएको जमिनको सतह बगाएपछि निर्माण सम्पन्न हुन लागेको पुल भाँचिएको हो। ४० मिटर लामो पुल सात करोड ७६ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको थियो। तस्बिरः रासस