विजयपुर । सुनसरीको इनरुवा बसचोकबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार इनरुवा नगरपालिका–४ बसचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.१–०२–०४९ प ५७०२ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय खेमबहादुर देवान लिम्बु र २७ वर्षीय शौरभ कटुवाल रहेका छन् । प्रहरीका अनुसार स्कुटर चालक लिम्बुको साथबाट २.२५ ग्राम ब्राउन सुगर लागूऔषध फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूलाई लागूऔषध र स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ