विजयपुर । सुनसरीको कोशी गाउँपालिका–३ मा सामुदायिक कुकुरलाई कुटपिट गरी मारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८२ फागुन २४ गते कोशी गाउँपालिका–३ का ३५ वर्षीय सन्तोष दासले आफ्नो मकैबारीमा आएको भन्दै एक सामुदायिक कुकुरलाई लठ्ठीले क्रुरतापूर्वक कुटपिट गरी मारेको आरोपमा जाहेरी परेको थियो । प्राप्त उजुरीको आधारमा फागुन २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले दासलाई उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका दासलाई पशुपंक्षी सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।