विजयपुर । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
विशेष सूचनाका आधारमा विश्वकर्मालाई एक थान भरूवा बन्दुकसहित सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको टोलीले घर खानतलासी गर्दा उक्त बन्दुक बरामद गरेको हो ।































