विजयपुर । सुनसरीको धरान उपमहानगरपालिका–६ पानबारीबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
मंगलबार प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धरान–६ का २७ वर्षीय युबराज लिम्बु, २० वर्षीय उत्सव विक, २६ वर्षीय सौगात कटुवाल र २६ वर्षीय रुपेश राई रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामोल २४० क्याप्सुल र डिकोलिक २३५ ट्याब्लेट बरामद गरिएको छ ।
पक्राउ परेका चारै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































