विजयपुर । इटहरीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
सोमबार इटहरी उप–महानगरपालिका–४ आर्मीक्याम्प क्षेत्रबाट शंकास्पद अवस्थामा बसिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उनी धरान २० का ३३ वर्षीय अर्जुन राई हुन् । प्रहरीले चेकजाँच गर्ने क्रममा राईको साथबाट १.४ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेको जनाएको छ । लागूऔषधसहित राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ































