झापा । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई घरमै गई दुव्र्यवहार गरेको आरोपमा सोही पालिकाको वडा नं. ५ निवासी ३४ वर्षीय भीष्म सिटौला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार सिटौलाले आइतबार राति नगरप्रमुख सुवेदीलाई गालीगलौज गर्दै हातपात नै गरेका थिए । हातपात गरेको भिडियो नै सार्वजनिक भएको थियो ।
पक्राउ परेका आरोपी सिटौलालाई सोमबार जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित गराइएकोमा मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसूरमा १० दिन म्याद थपेर अनुसन्धान गर्ने निर्णय भएको खड्काले जानकारी दिए ।
































