धरान । सामसङ नेपालले ग्यालेक्सी एस २६ सिरिजका मोबाइलहरू आइतबारदेखि प्रिअर्डरमा राखेको छ ।

फोनमा दैनिक गर्ने कामहरूलाई अझ सजिलो र सरल बनाउन डिजाइन गरिएको छ । ग्यालेक्सी एस २६ अल्ट्रा, ग्यालेक्सी एस २६ं, र ग्यालेक्सी एस २६, अब नेपालमा प्रिअर्डरमा राखेको जनाएको छ । एजेन्टिक एआईमार्फत् सामसङका लागि नयाँ दिशा सङ्केत गरेको जनाइएको छ ।

प्राइभेसी र पर्फरमेन्स् ग्यालेक्सी एस २६ अल्ट्रामा पहिलो पटक इन बिल्ट प्राइभेसी डिस्प्ले उपलब्ध गरिएको छ । एस २६ कोबाल्ट भायोलेट र कालो रङमा रहेको जनाइएको छ ।