धरान । टायल ब्रान्डमध्ये कजारियाले विराटचोकमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।

महालक्ष्मी ट्रेडर्सले शोरूम सञ्चालनमा ल्याएको हो । विराटचोक आसपासका ग्राहकलाई लक्षित गरी कजारियाले शोरूम उद्घाटन गरेको हो । कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले उद्घाटन गरे ।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, धार्मिक गुरु दीनबहादुर शास्त्री र मिस नेपाल अर्थ २०२२ की सरीशा श्रेष्ठलगायतको उपस्थित रहेका थिए । अग्रवालले भने, “विराटचोकमा नयाँ शो रूम उद्घाटन गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ ।”

नगर प्रमुख केदारप्रसाद गुरागाईंले भने, “कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको उपस्थितिले हाम्रो नगरपालिकामा रोजगारी र विकासका अवसर बढाउनेछ ।” हाल कजारियाले नेपालभर एक सयभन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको जनाएको छ ।