मन्थली, रामेछाप । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोर प्रसाद घिमिरे छन् ।
जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए । दुर्घटनामा घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
































