विजयपुर। नेपाली राजदूतावास, अबुधाबीले संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको दुःखद घटनामा एक नेपाली युवाको ज्यान गुमाएको पुष्टि गरेको छ।


दूतावासका अनुसार अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडल इष्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत गोरखा जिल्ला घर भएका २८ वर्षीय विवेक श्रेष्ठको ज्यान गएको हो।

दूतावासले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

परिस्थिति सहज भएपछि पार्थिव शरीर स्वदेश फिर्ता पठाउन आवश्यक समन्वय र सहजीकरण गरिने दूतावासले जनाएको छ। साथै यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयम अपनाउन र स्थानीय सरकारले जारी गरेका सुरक्षा निर्देशिकाको पूर्ण पालना गर्न आग्रह गरिएको छ।