विजयपुर । कतारका नेपालीलाई दूतावासले सकेसम्म घरभित्र बस्न आग्रह गरेको छ ।

मध्यपूर्वमा विकसित परिस्थितिलाई दृष्टिगत गरी कतारमा रहेका सम्पूर्ण नेपालीलाई सावधानी अपनाई सुरक्षित रहन दूतावासले आग्रह गरेको हो । दोहास्थित नेपाली दूतावासले 'सकेसम्म घर भित्रै बस्नुहोला, सतर्क रहनुहोला, उचित सावधानी अपनाउनु होला' भनेको छ । दूतावासले अज्ञात स्रोतबाट आएका अफवाह र अप्रमाणित सूचनामा विश्वास नगर्न पनि अनुरोध गरेको छ । नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ ।