विजयपुर । धरान १३ बाट गाँजासहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान १३ निशाने डाँडाबाट ८७ किलोग्राम गाँजासहित पक्राउ गरिएको हो। कार्यालयका अनुसार संखुवासभा, चैनपुर नगरपालिका-११ का २४ वर्षीय रोशन सुवेदी र भोजपुर, हतुवागढी गाउँपालिका-३ का २२ वर्षीय सुबास राई पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०८-००१ ख ००९६ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्। बसको डिकीभित्र राखिएको दुई वटा सुटकेश र दुई वटा झोलाबाट गाँजा बरामद गरिएको थियो। प्रहरीले दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।