धरान मदिरा व्यवसायी संघ सुनसरीको अध्यक्षमा प्रदिप कुमार श्रेष्ठ चयन भएका छन् ।

समितिको उपाध्यक्षमा नरेन्द्र खवास, सचिवमा जीवन साहि, कोषाध्यक्षमा श्रवण गुप्ता र सहसचिवमा सन्तोष कार्की चयन भएका छन् । समितिको सदस्यमा सागर प्रसाईं, अमित श्रेष्ठ, प्रदिप कुमार तामाङ, भिमबहादुर बोहोरा, तोर्णबहादुर कार्की रहेका छन् । अन्य सदस्य पनि मनोनित गरिएको छ ।

शनिबार संघको १२ औं साधारणसभामा उनीहरुलाई पदस्थापन गरिएको छ । संघले पत्रकार रणध्वज लोहारलाई १० हजार रुपैयाँसहित सम्मान गरेको छ । व्यवसायी अरुण कुमार श्रेष्ठ र प्रेम कार्की पनि सम्मानित भएका छन् । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लिल कुमार माझीले विभिन्न समस्याहरू समाधान गर्दै अघि बढेको बताए । बजारमा विभिन्न रक्सी अवैधानिक रुपमा बिक्री हुनाले इमानदार व्यवसायी मारमा परिरहेको उनले बताए । उनले सम्बन्धित निकायले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनु पर्ने बताए । उनले उद्योग वाणिज्य संघ पैसा उठाउने र भोट मात्रै चाहिने संस्था भएको हो कि व्यवसायीलाई सहयोग पनि गर्ने भन्दै प्रश्न गरे । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले निर्णय गर्ने संस्था नभएको बताउँदै प्रयास गरिरहेको बताए । उनले संघले अवैधानिक रुपमा पैसा नउठाउने बताउँदै हल बनाउन आर्थिक सहयोग संकलन गरेको बताए । उनले कसैले मागेको भए जानकारी गराउन अनुरोध गर्दै कारबाही गर्ने बताए । संघले ५१ हजार १ सय ११ रूपैयाँ सुनसरी उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका थिए ।

संघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघका सचिव जीवन साहिले सांगठनिक प्रतिवेदन पेश गरे । यस्तै, कोषाध्यक्ष सन्तोष कार्कीले आर्थिक प्रतिवेदन पेश गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तान काफ्ले, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ कोशीका अध्यक्ष सरोज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।