धरान । प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले जनकपुरमा नयाँ शोरूम सुरुवात गरेको छ ।
बाबा अटोमाटा ट्रेडिङ प्रा. लि. द्वारा सञ्चालनमा ल्याइएको उक्त शोरूम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने कम्पनीले दाबी गरेको छ । शुक्रबार शोरूमको औपचारिक उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले गरेका थिए ।
समारोहमा निर्देशक अग्रवालले क्षेत्रीय ग्राहक तथा व्यावसायिक साझेदारहरूको निरन्तर विश्वासबारे अवगत गराए । जनकपुरको प्रमुख स्थानमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायल सङ्ग्रहहरू आकर्षक र व्यवस्थितरूपमा प्रदर्शित गरिएको छ । ग्राहकहरूले आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोगका लागि उपयुक्त विविध डिजाइन तथा शैलीहरू आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन गर्न सक्ने कम्पनीले जनाएको छ ।
































