धरान। सामसङ नेपालले होली पर्वलाई लक्षित गर्दै वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट तथा क्यासब्याक अफर घोषणा गरेको छ ।
फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेल स्टोरहरूमा लागू हुने यस अफरअन्तर्गत वासिङ मेसिनमा अधिकतम् २३ प्रतिशत र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ ।
अफरमा ए–आइ इकोबबल वासर ड्रायर, फ्रन्ट–लोड, टप–लोड वासिङ मेसिनदेखि सिङ्गल डोर, डबल डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरहरू समावेश छन् ।
साथै, सामसङ इन्स्टाफाइनान्स सेवामार्फत् शून्य प्रतिशत ब्याजदरमा सजिलो इएमआई सुविधा र पुराना उपकरण साट्ने (एक्सचेन्ज) विकल्प पनि उपलब्ध गराइएको छ । सबै मोडेलमा निःशुल्क इन्स्टलेसनको सुविधा प्रदान गरिने सामसङले जनाएको छ ।
































