धरान । एनसेल र भाटभटेनीले संयुक्तरूपमा विशेष अफर सार्वजनिक गरेका छन् ।
नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ । एनसेलले उक्त सेवा लिँदा करसहित २ सय ९९ रुपैयाँ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुटको लागि कुपन प्राप्त गर्ने जनाएको छ ।
छुट कुपन नेपालका आधिकारिक टी–२० क्रिकेट विश्वकप मर्चेन्डाइज खरिद गर्दा भाटभटेनीको अनलाइन स्टोरमा प्रयोग गर्न सकिने जनाइएको छ ।
अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ । यो अफर एनसेल एप, देशभरका एनसेल पसल तथा एनसेल सेन्टरहरूमार्फत् उपलब्ध छ, जसले देशका हरेक कुनामा रहेका क्रिकेटप्रेमीलाई यस उत्सवमा सहभागी हुने अवसर प्रदान गरेको छ ।
खरिदपछि ग्राहकले आफ्नो एनसेल नम्बरमा छुटको प्रोमो कोडसहित भाटभटेनीको लिङ्क भएको एसएमएस प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अफर चैत १७ गतेसम्म चल्ने जनाइएको छ ।
































