धरान । एनसेलले नेपालको सहयोगमा नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना भइरहेको छ । माघ ३ गते बागमती प्रदेशको चितवनमा सम्पन्न भएको छ ।

नेपालमा बढ्दै गएको कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको हो । यसले कन्टेन्ट क्रिएटरहरूका लागि व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसरहरू प्रदान गर्ने एनसेलले जनाएको छ । यस्तै माघ १० गते नेपालगञ्ज र माघ १६ र १७ गते काठमाडौँमा आयोजना हुने जनाएको छ । “क्रिएटर्स मेलाका लागि अमेरिकी दूतावाससँग निरन्तर सहकार्य गर्न पाउँदा हामी खुसी छौँ ।

क्रिएटर्स मेलाले उदीयमान तथा स्थापित क्रिएटरहरूलाई डिजिटल कन्टेन्टको युगमा सबैभन्दा महत्वपूर्ण अनि प्रभावशाली सामग्री सिर्जना गर्न आफ्नो सीप तिखार्ने अवसर प्रदान गर्नेछ”–एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् ।

विद्यार्थी अनि अझै सिक्ने चरणमै रहेका उदीयमान क्रिएटर लक्षित यो कार्यक्रमले क्रिएटरहरूलाई आफ्ना सामग्रीलाई थप परिष्कृत गर्न, विश्वसनीय बनाउन अनि दिगो तथा रचनात्मक व्यावसायिक भविष्य तयार पार्न प्रेरित गर्ने जनाएको छ । मेलाकैबीच प्रत्येक सहरमा एक जना विजेता छनोट गरिनेछ र उनीहरूले नगद पुरस्कार ५० हजार रुपैयाँ पाउने जनाइएको छ ।