काठमाडौँ । एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ ।

विद्यार्थीहरूलाई लक्षित गरी विशेष सुविधासहितको प्याक ल्याएको हो । यो प्याकका लागि जेन जी नै हुनुपर्ने प्रावधान कायम गरिएको छ । शनिबारबाट सिम सञ्चालनमा ल्याइएको छ ।

यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध रहेका छन् । ग्राहकहरूले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्छन् । जस अन्तर्गत प्रतिमिनेट मात्र रु. १ मा कल गर्न सकिने कम्पनीले जनाएको छ ।

युवाहरूको डिजिटल जीवनशैलीलाई सहज बनाउने र शिक्षामा समेत सहयोग पु¥याउने विश्वास लिएको एनसेलका चिफ कन्जुमर बिजनेश अफिसर उपाङ दत्तले जानकारी दिए ।