धनकुटा । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकस्थित सडकबाट करिब ४ सय ६० केजी गाँजा प्रहरीले बरामद गरेको छ ।

आइतबार राती इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना.४ च ६४७४ नम्बरको एम्बुलेन्सलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले एम्बुलेन्स रोके पछि चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

फरार एम्बुलेन्स चालक र गाँजा धनीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।