झापा/कविताको रियालिटी शो ‘मेरो कविता : द रिदम अफ पोयट्री’ सुरु हुने भएको छ ।
नेपाली भाषाका नविन कविहरूको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यका साथ कविताको रियालिटी शो ‘मेरो कविता : द रिदम अफ पोयट्री’ कार्यक्रमको घोषणा भएको हो । माई प्लेटफम को प्रस्तुतिमा सुरु भएको कार्यक्रमलाई केवल क्षेत्रीले निर्देशन गरिरहेका छन् भने सहायक निर्देशकको रुपमा पवित्रा राईले काम गरिरहेका छन् ।
करिव दुइसय पचास कविहरूले डिजिटल अडिसनमा भाग लिएका कविहरू मध्येबाट छानिएका अन्तिम पचास कविहरूको सूचि निर्माण टिमले प्रकाशन गरेको थियो । उक्त पचास कविहरूलाई फिजिकल अडिसनमा निम्तो दिएर अन्तिम २५ कविहरू रियालीटी सोका लागि छानिएका हुन् ।
हरेक हप्ता दुई प्रतिष्पर्धी बाहिरिने र अन्तिममा एकजना कवि ‘मेरो कविता : द रिदम अफ पोइट्री’ को विजेता बन्नेछ । प्रतियोगिताको निर्णायकमा कवि हेमन यात्री, सुमन स्मारिका, उत्तम तुम्सा लिम्बू र अज्ञात ददी रहेका छन् ।
यस्तै मेन्टरका रूपमा कविहरू चन्द्र गुरुङ, सुन्दर कुरुप, गगन योक्पाङ्देन र सुमन लिङ्देन रहेका छन् । कार्यक्रम सञ्चारकर्मी सुमन कुरुम्बाङले सञ्चालन गर्नेछन् । झापाको दमक बेलडाँगीमा धमाधम छायाङ्कन भइरहेको कविताको रियालीटी सो जनवरी १८ अर्थात् माघ ४ गतेबाट प्रसारण हुने निर्माण टिमले बताएको छ ।
































