धरान । धरानको कलेज रोडमा अवस्थित एलजी इम्पेक्सले बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिक उत्सव मनाएको छ ।
लामो समयदेखि गुणस्तरीय सेवा र विश्वसनीय ब्राण्डका विद्युतीय सामग्री उपलब्ध गराउँदै आएको एलजी इम्पेक्सले वार्षिक उत्सवको अवसरमा ग्राहकहरूका लागि विशेष छुट योजनाहरू पनि सार्वजनिक गरेको छ ।
सो अवसरमा एलजी ब्राण्डका विभिन्न घरेलु तथा विद्युतीय सामानको खरिदमा आकर्षक छुट प्रदान गरिएको शोरूमले जनाएको छ ।
त्यसैगरी ग्राहकको सुविधालाई ध्यानमा राख्दै किस्ताबन्दी सुविधा तथा पुराना सामान साटेर नयाँ सामान लिन सकिने एक्सचेञ्ज अफर पनि उपलब्ध गराइएको छ ।
































