वराहक्षेत्र । चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ८८ करोड रुपैयाँ बढीको बचत सङ्कलन गरेको छ ।
मङ्गलबार गरिएको २७ औं साधारणसभा र २८ औं वार्षिक उत्सवमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको अध्यक्ष सीता भण्डारी पौडेलले आर्थिक वर्ष २०८१/०८२ मा ८८ करोड ८८ लाख ४५ हजार ३ सय ५६ रुपैयाँ बचत सङ्कलन गरेको बताइन् ।
८६ करोड ५२ लाख ८३ हजार २ सय २७ रुपैयाँ एक पैसा शेयर सदस्यलाई बचत फिर्ता गरिएको छ । यो गतवर्षको भन्दा ४.०६ प्रतिशतले बढी रहेको छ । चालु आर्थिक वर्षमा ३७ करोड २५ लाख ६ हजार ७ सय २८ रुपैयाँ कर्जा लगानी गरिएको छ । ४० करोड ७९ लाख २ हजार ४ सय ४४ रुपैयाँ ऋण असुली गरिएको संस्थाले जनाएको छ ।
संस्थाले चालु आ.व.मा २० करोड ८८ लाख ६१ हजार ३ सय २ रुपैयाँ २७ पैसा आम्दानी हँुदा संस्थाको खुद नाफा १ करोड ९१ लाख ४६ लाख ४ सय ५३ रुपैयाँ ३३ पैसा रहेको अध्यक्ष पौडेलले बताइन् । कार्यक्रममा प्रमुख अतिथि वराहक्षेत्र नगर उपप्रमुख नन्दकुमारी सुनुवार राई रहेकी थिइन् ।
कार्यक्रममा सहकारीमा राम्रो कारोबार गर्ने सुविमाया राई, डम्बरकुमारी तिम्सिना, मन्दिरा निरौला, कविता खत्री, मेनुका विष्ट, चन्द्रकुमारी राईलाई सम्मानसमेत गरिएको थियो ।
यसैबीच सहकारीको सञ्चालक समितिको अध्यक्षमा सीता भण्डारी पुनः चयन भएकी छन् । ११ सदस्यीय सञ्चालन कार्य समितिको उपाध्यक्षमा मीनबहादुर बानियाँ, सचिव ज्ञानेन्द्र गौतम आदेश, कोषाध्यक्षमा राधिका कार्की चुनिएका छन् ।
































