बराहक्षेत्र । उदयपुर जिल्लाको बेलका नगरपालिकामा एक व्यक्तिले छुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् ।
बेलका नगरपालिकाको वडा ३ किरात चौक बस्ने वर्ष ३० को खगेन राईले आइतबार बिहान आपसी विवादमा २७ वर्षकि पत्नी गंगा राईलाई छुरी प्रहार गर्दा गम्भीर घाईते भएकी राईको उपचारको क्रममा ज्यान गएको उदयपुर जिल्ला प्रहरी कार्यालय गाईघाटका सूचना अधिकारी केदारमान दोङ्ले बताएका छन् ।
राईको धरानस्थित विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान बिहान ९ बजेर ५० मिनेटमा मृत्यु भएको सूचना अधिकारी दोङ्ले बताए ।
बिहान ८ बजे भएको पति पत्नी बिचको आपसी झगडा पछि पति खगेन राईले स्वयं लाई छुरीले रोपेर आत्महत्याको प्रयास गरेका थिए ।
घाइते बनेका उनलाई स्थानीयले देखे पछि प्रहरीले तत्काल उनलाई सोही अस्पतालमा लगि उपचार भइरहेको दोङ्ले बताए ।
घटनाको इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले बताएको छ ।































