धरान । धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलको ‘खेलकुद सप्ताह’ अन्तर्गत फुटसल, बास्केटबल प्रतियोगिता सम्पन्न भएका छन् ।
पुस ११ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत फुटसलमा छात्रतर्फ पिस हाउस प्रथम भएको छ । यस्तै छात्रातर्फ पनि पिस हाउस नै प्रथम भएको हो । यस्तै छात्र र छात्रातर्फ नै जस्टिस हाउस दोस्रँे भएको छ । यस्तै बास्केटबलतर्फ छात्रमा जस्टिस हाउस प्रथम हुँदा पिस हाउस दोस्रो बनेको छ ।
यस्तै बास्केटबलतर्फ छात्रामा पिस हाउस प्रथम हुँदा च्यारिटी हाउस दोस्रो भएको छ । यसक्रममा शिक्षक र विद्यार्थीबीच मैत्रीपूर्ण फुटसल तथा बास्केटबल प्रतियोगिता सम्पन्न भएको थियो ।
फुटसलतर्फ ५–५ गोलको बराबरी भए पछि खेल टाइब्रेकरमा पुगेको थियो । शिक्षकको टिमले ४–३ गोलले विद्यार्थीको टोलीलाई हराएको छ । यस्तै बास्केटबलतर्फ शिक्षकको टिम विजयी भएको छ ।
शिक्षकको टिमले कुल ५६ अङ्क जोड्दा विद्यार्थीको टिमले ५४ अङ्क प्राप्त गरेको थियो । फुटसल प्रतियोगिता रङ्गशाला अगाडिको फुटसलको पिचमा भएको थियो भने बास्केटबल स्कुल परिसरमा सम्पन्न भएको हो ।
































