काठमाडौँ । आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा पाँच हजार ५०० र चाँदीको मूल्य २० ले वृद्धि भएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा चार हजार २५५ पुगेको छ ।
छापावाल सुन सोमबार तोलामा दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य चार हजार २३५ थियो ।
अन्तरराष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।































