धरान । जेन जी आन्दोलनको क्रममा भदौ २४ गते प्रहरीबाट लुटिएको हतियार बेवारिसे अवस्थामा झापाको कमल गाउँपालिका–५ गेउरिया खोला किनारबाट बरामद गरेको छ । 

झापास्थित इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको उक्त हतियार बेवारिसे अवस्थामा खोला किनारबाट प्रहरीले बरामद गरेको हो । स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी उक्त स्थलमा पुगेका थिए । २३८१६९ नम्बरको ग्यासगन, खिया लागेको बट र नालसहित जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उक्त हतियार जेन जी आन्दोलनको क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकबाट आन्दोलनकारीहरूले लुटपाट गरी लगेको अभिलेखबाट देखिएको छ । बरामद हतियार इलाका प्रहरी कार्यालय दमकमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।