काठमाडौं ।  पूर्व–पश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक–खण्डको जङ्गल क्षेत्र हुँदै आवत–जावत गर्ने यात्रुहरूले अब मोबाइलमा नेटवर्क नआउने समस्या झेल्न नपर्ने भएको छ । 

एनसेलले यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो खण्डको ८ किलोमिटर क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको छ । साधारणतया राजमार्ग तथा वन क्षेत्रमा विद्युत् आपूर्ति र टावर व्यस्थापनको समस्याले नेटवर्क नआउने र फोन नलाग्ने समस्या रहन्छ । 

एनसेलले सेवा उपलब्ध गराएसँगै यात्रु तथा वरपरका स्थानीयहरू सहज सञ्चारबाट लाभान्वित भएका छन् । 

पूर्व–पश्चिम राजमार्गको जंगल क्षेत्रमा सेवाको उपलब्धतालाई सुनिश्चित गर्न थप स्थानहरूमा टावर जडान गरि सञ्चालन गर्न सम्भाव्यता अध्ययन भइरहेको एनसेलले जनाएको छ । डिभिजन वन कार्यालय महोत्तरी, गढन्ता सव–डिभिजन कार्यालय र बाँके सव–डिभिजन वन कार्यालयको सहकार्यमा एनसेलले टावर राखेको हो ।